back
NMB ad

गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित   

Kumari bank ad

लुम्बिनी, ३२ जेठ । रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ ।

खेतबारीमा लगाइएका बालीनाली चर्को घामले सुक्न थालेका छन् । गर्मी सँगसँगै पानी नपर्दा वर्षे पानीमा आश्रित किसानले खेतमा धानको ब्याडसमेत राख्न पाएका छैनन् भने धेरैले जेनतेन गरी राखेको ब्याड पनि सुक्न थालेको छ । बढ्दो गर्मीले मानिसमात्र नभई पशुपक्षीसमेत पानी र शीतलता खोज्न थालेका छन् । रूपन्देही र कपिलवस्तुलगायतका क्षेत्रमा तापमान बढ्दै जाँदा दैनिक ज्यालादारी गरी खाने मजदुर वर्गलाई समस्या थपिएको सरोकारवालाको भनाइ छ ।

“वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चल्नुले घरबाहिर निस्कन समस्या उत्पन्न भएको छ”, सम्मरीमाइ स्वास्थ्य शाखा प्रमुख मुन्सी माझीले भन्नुभयो, “अत्यधिक गर्मीले बजार, शैक्षिक संस्थाका साथै सरकारी कामकाजसमेत प्रभावित छ ।” यही जेठ ३१ गते बुधबार पश्चिमी मधेसअन्तर्गत रुपन्देहीको भैरहवा क्षेत्रमा अधिकतम ४३ र न्यूनतम २८ दशमलव आठ डिग्री सेल्सियस (देशभरिकै उच्च) तापमान मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको विशेष मौसम बुलेटिनमा उल्लेख छ ।

“यस क्षेत्रमा बढ्दो गर्मीका कारण बिरामीको चाप पनि बढ्दै गएको छ”, भैरहवा भीम अस्पतालका सूचना अधिकारी डा आरिफ अन्सारीले भन्नुभयो, “सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने भीम अस्पतालमा अहिले दैनिक तीन सय ५० बढी आउने गरेका छन् ।

उहाँका अनुसार अधिकांश झाडापखाला, बान्ता, आउँ एलर्जी, अपच, जनिडस, श्वासप्रश्वास र भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । उहाँले भन्नुभयो, “गर्मीले मुख सुक्ने, पानीको कमी हुनेलगायतका समस्या देखिएका बिरामीलाई झोलिलो पदार्थ खान सुझाव दिने गरेका छौँ ।”

अत्यधिक गर्मी र तातो हावाले वायु प्रदूषण हुने र त्यसले बालबालिका, वृद्धवृद्धालगायत बिरामीको श्वासप्रश्वासमा समेतमा असर पु¥याउने गरेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँ भैरहवाका एशोसिएट प्रोफेसर तथा बालरोग विशेषज्ञ डा नगेन्द्र चौधरीले बताउनुभयो ।

तराई–मधेस तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र आवश्यक सतर्कता अपनाउन रुपन्देहीका १६ वटै स्थानीय तहसँग समन्वय, सहकार्य, सूचना सम्प्रेषण तथा प्रचारप्रसार भइरहेको जिल्ला जनजस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताउनुभयो । यस्तो गर्मीमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, निस्किनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउन उहाँको सुझाव छ ।

वि.सं.२०८० जेठ ३२ बिहीवार १५:३२ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...