काठमाडौं, ३ असार । किसानहरुले उचित मुल्य नपाएको भन्दै कालिमाटी तरकारी बजार अगाडि सडकमा गोलभेंडा फ्याकेका छन् । उनीहरुले करिब ५ हजार किसानहरुको उत्पादन आज नष्ट गरेका थिए ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार बजार नपाएको कारण नै कृषकहरुले गोलभेंडा सडकमा फ्याकेका हुन् ।
‘अहिले खास बजार राम्रो अनि मुल्य पाइएन भनेर फालेका हुन्’ उनले भने,‘खपतको स्थिती कमजोर छ त्यसैले बिक्री वितरण भएन अनि बिक्री नभएपछि कृषकहरुले यसरी फ्याकेका हुन् ।’
वि.सं.२०८० असार ३ आइतवार ११:३३ मा प्रकाशित