back
NMB ad

यस वर्ष उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने

Kumari bank ad

काठमाडौँ, ४ असार ।समयमा नै बाटो मर्मतको काम गरिएकाले यस वर्ष वर्षाको समयमा काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने बताइएको छ ।

वर्षाको समय सुरु भएसँगै हरेक वर्ष उपत्यकाको फोहर व्यवस्थापनको काम काठमाडौँदेखि फोहरको अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म जाने विभिन्न स्थानका बाटो बिगँ्रदा समस्या हुने गरेको थियो ।

अब भने विगतका वर्षामा पानी पर्न सुरु भएसँगै बिग्रने बाटोहरू मर्मत भइसकेकाले यसअघिको झैँ समस्या नआउने काठमाडौँ महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष उत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने गरी काम भइसकेको छ, अझै केही काम जारी छ ।

“साना समस्या भए पनि यसअघि झँै एक महिनासम्म फोहर नउठ्ने समस्या कुनै पनि हालतमा हुने छैन”, लम्सालले भन्नुभयो । विगतका वर्षमा जस्तै समस्या नहोस् भनेरै यस वर्ष कामपाले सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडक मर्मतको काम पनि गरिसकेको छ ।
विगत १६ वर्षदेखि उपत्यकाको फोहर व्यवस्थापन गरिएको स्थान सिसडोलमा अहिले पनि फोहरको पहाड छ । उक्त पहाड पार गरी फोहरको गाडी बञ्चरेडाँडा जानुपर्ने अवस्था छ । नियमित पानी पर्न थालेपछि सिसडोलको फोहर कुहिने गर्छ, वर्षाको समयमा विशेषगरी सिसडोलको फोहरमाथि बनेको सडकमा गाडी फस्ने समस्या थियो, अब उक्त समस्या हटेको छ ।

पानी पर्नेबित्तिकै फोहरमाथि बनेको सडकमा पहिरो आउने, सडकको छेउबाट पहिरो जाने, गाडी फसेर समस्या हुने गरेकाले त्यसको बेलैमा समाधान गरी आगामी दिनमा पानी पर्दासमेत नियमितरूपमा फोहर व्यवस्थापन गर्न सहज होस् भनेर काम गरिएको कामपाको भनाइ छ ।

विगत १० महिनादेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम विसर्जन स्थल बञ्चरेडाँडामा लाने गरिएको छ । सुरुमा स्रोतमा नै फोहरको वर्गीकरण गरेर मात्रै नकुहिने फोहर बञ्चरेडाँडा लाने र अन्य कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म सबै फोहर विनावर्गीकरण उक्त स्थानमा लाने गरिएको छ । जसका कारण उक्त स्थानमा लामो समयसम्म फोहर राख्न सकिने विषयमा भने शङ्का उब्जिएको छ । छोटो समयमा नै धेरै फोहर व्यवस्थापन गर्नुपर्दा बञ्चरेडाँडामा लिचड व्यवस्थापनमा पनि समस्या भएको बताइएको छ । उक्त स्थानमा दैनिक उपत्यकाको १८ स्थानीय तहको एक हजार दुई सय मेट्रिक टन फोहर व्यवस्थापन हुने गरेको छ ।

वि.सं.२०८० असार ४ सोमवार २०:१८ मा प्रकाशित

You can share this post!

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...