back
NMB ad

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको घाटा नब्बे करोड   

Kumari bank ad

मनहरी, ६ असार । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।

संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ । आव २०७४/७५ मा उद्योगले एक लाख नौ हजार सात सय ९६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । यसमा एक लाख छ हजार तीन सय ३२ मेट्रिक टन सिमेन्ट बिक्री गर्न सफल भएको थियो भने रु एक अर्ब ६८ करोड ३८ लाख ६४ हजार नौ सय १७ आम्दानी गरेका थियो भने रु एक अर्ब ५२ करोड २६ लाख एक हजार चार सय १८ खर्च भई रु १६ करोड ३६ लाख तीन हजार चार सय ९९ नाफा कमाएको थियो । यसपछि उद्योग निरन्तर घाटामा गएको तथ्याङ्क छ ।

आव २०७५÷७६ मा उद्योगले एक लाख नौ सय ६९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा एक लाख चार हजार पाँच सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब ६४ करोड २० लाख १८ हजार तीन सय १८ आम्दानी गरेकामा रु एक अर्ब ६५ करोड २५ लाख ५९ हजार चार सय ५४ खर्च भई रु एक करोड पाँच लाख ४१ हजार एक सय ३६ नोक्सानी व्यहोरेको थियो । त्यसपछि आव २०७६/७७ मा उद्योगले ८१ हजार नौ सय ८९ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ७२ हजार सात सय ९५ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब एक करोड तीन लाख तीन हजार पाँच सय ४३ आम्दानी गरेकोमा रु एक अर्व २४ करोड ८५ लाख २७ हजार पाँच सय ५१ खर्च भई रु २३ करोड ८२ लाख २४ हजार उद्योगलाई घाटा भएको थियो ।

यस्तै आव २०७७/७८ मा उद्योगले ८९ हजार दुई सय २५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ९२ हजार छ सय ८८ मेट्रिक टन सिमेन्ट बिक्री गर्दा रु एक अर्ब २२ करोड ४८ लाख ४८ हजार ४३ आम्दानी गरेकामा एक अर्ब ३९ करोड ५२ लाख ८८ हजार सात सय ११ खर्च रु १७ करोड चार लाख ४० हजार छ सय ६९ उद्योगलाई घाटा भएको थियो ।

यसैगरी, आव २०७८/७९ मा उद्योगले ८५ हजार दुई सय ५६ मेट्रिक टन सिमेन्ट उत्पादन गरेकामा ८० हजार छ सय ९८ मेट्रिक टन सिमेन्ट बिक्री गरेको थियो । यसमा रु एक अर्ब चार करोड ३४ लाख ८६ हजार दुई सय ९५ आम्दानी गरेकामा रु एक अर्ब २७ करोड ८९ लाख ९७ हजार दुई सय ६४ खर्च भई रु २३ करोड रु ५५ लाख १० हजार नौ सय ६९ उद्योग घाटामा गएको थियो ।

यस्तै, आव २०७९/८० मा रु एक अर्ब दुई करोड ३९ लाख ८४ हजार आठ सय ४० आम्दानी गर्न सफल रहेको उद्योगले रु एक अर्ब १३ करोड ५५ लाख ४८ हजार दुई सय ३५ खर्च गरेको थियो । यो आवमा उद्योगलाई रु ११ करोड १५ लाख ६३ हजार तीन सय ९५ घाटा भएको महाप्रबन्धक पाण्डेले बताउनुभयो ।

उद्योगमा कच्चापदार्थको अभाव र पुरानो ऋण तिर्न नसक्दा बारम्बार बन्द हुँदै आएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्यमा समस्या आइरहेको छ । महाप्रबन्धक पाण्डे उद्योगलाई गतिशील बनाउन आफूले योजना उद्योग मन्त्रालयमा प्रस्तुत गरे पनि कुनै जवाफ नआएका कारण अगाडि बढ्न कठिन भएको बताउनुहुन्छ । उहाँका अनुसार उद्योगमा ३८ वर्ष पुरानो प्रविधि, उपकरण, बजारको अभाव, मूल्य समायोजन, प्रतिस्पर्धात्मक बजार लगायतका समस्या छन् ।

उद्योगले एक महिनापछि यही सोमबारदेखि पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ । अब तीन महिनाका लागि उद्योगमा कच्चापदार्थ तयारी रहेको बताउँदै तीन महिनाको उत्पादनले उद्योग बन्द भएको बेला धान्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । महाप्रबन्धक पाण्डेका अनुसार अहिले दैनिक १५ हजार बोरा सिमेन्ट उद्योगबाट उत्पादन तथा बिक्री भइरहेको र उद्योगमा ३० हजार मेट्रिक टन सिमेन्ट भण्डारण रहेको छ । उद्योगमा पहिलेदेखिकै ३० करोडभन्दा बढी कोइला खरिद तथा कर्मचारी निवृत्तिभरण बापतको ऋण भएकाले त्यसलाई घटाउँदै उद्योगलाई समायोजन गर्नतर्फ आफू लागिपरेको उहाँले बताउनुभयो ।

पछिल्लो समय बजारमा आएको आर्थिक मन्दीले सिमेन्टको बिक्रीसमेत घट्दा उद्योगले निरन्तर घाटा बेहोरिरहेको उहाँले बताउनुभयो । उद्योगमा हाल दुई सयजना कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा सय कामदार रहेका छन् । उद्योगका भैँसे, ओख्रे, मजुवा र जोगिमारामा खानी रहेका छन् । कम्पनी ऐनअन्तर्गत २०३३ असोज १३ मा स्थापित भएको यस उद्योगले २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योगको वार्षिक उत्पादन क्षमता दुई लाख २५ हजार मेट्रिक टन रहेको छ ।

वि.सं.२०८० असार ६ बुधवार १२:२४ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...