back
NMB ad

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ   

Kumari bank ad

काठमाडौँ, १८ असार। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जन छन् ।

प्रहरीले आइतबार पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले आइतबार वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको थियो । यस प्रकरणमा पछिल्लो समय सिआइवीले नौ जनालाई पक्राउ गरिसकेको छ ।

उक्त प्रकरणमा केहीअघि मात्रै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालिन सरकारी कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरिएको थियो ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो ।

वि.सं.२०८० असार १८ सोमवार १५:४० मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

वि.सं.२०८१ जेठ २७ आइतवार १७:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ...

युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभाबाट १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित, नयाँ कार्य समिति निर्वाचित

युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभाबाट १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित, नयाँ कार्य समिति निर्वाचित

वि.सं.२०८१ जेठ २७ आइतवार १६:४६

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा...

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा   

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा   

वि.सं.२०८१ जेठ २७ आइतवार १६:२९

काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक...

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार, दुई वटाको मृत्यु   

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार, दुई वटाको मृत्यु   

वि.सं.२०८१ जेठ २७ आइतवार १६:१९

अछाम, २७ जेठ : कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली...

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सौराहाका १६ भन्दा बढि होटल तथा रेष्टुरेन्टमा विशेष छुट

प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सौराहाका १६ भन्दा बढि होटल तथा रेष्टुरेन्टमा विशेष छुट

वि.सं.२०८१ जेठ २७ आइतवार १५:३२

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्ष...

घटेको बजारमा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

घटेको बजारमा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ जेठ २७ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...