काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार एक कम्पनीको मूल्य समायोजन गरेको छ ।
नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २ हजार ९० रूपैयाँ ४० पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ हजार ६१३ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० असार १८ सोमवार १६:०८ मा प्रकाशित