back
NMB ad

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आज अर्थात असार १९ गतेदेखि आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गर्नेछ। जसअनुसार यस कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गर्नेछ

यसमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउने छन्।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको २५ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको आईपीओ छुट्याइएको छ। जसअनुसार कम्पनीले सर्वसाधारणले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। स्थानीयका लागि जारी आईपीओ छिटोमा साउन २ गते र ढिलोमा साउन १७ गते बैंकिङ समयपछि बन्द हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

स्थानीयले मनकामना इन्जिनियरिङको रजिस्ट्रर्ड कार्यालय ९अनामनगर०, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० असार १९ मंगलवार १०:३२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...