काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी २ वटा शनिवार बैंक खोल्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले एक सुचना जारी गर्दै राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि असार २३ शनिवार र असार ३० गते शनिवार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न भनेको हो ।
यस्तै असार ३१ गतेपनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न भनेको छ । चालु आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाव परेको छ ।
बैंक तथा वित्तीय संस्थाहरु साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न/ गराउन सूचना जारी गरेको छ ।
वि.सं.२०८० असार २२ शुक्रवार १४:२८ मा प्रकाशित