back
NMB ad

गृहमन्त्री श्रेष्ठले २१ वटै वाणिज्य बैंकका सिईओलाई बोलाए डिनर मिटिङमा, यस्तो रहेछ कारण

Kumari bank ad

काठमाडौं । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाणिज्य र्बैंकका सबै प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई व्यक्तिगत रुपमै म्यासेज गरेर डिनर मिटिङका लागि बोलाएका छन् ।

गृहमन्त्री श्रेष्ठले आज साँझ पुल्चोकस्थित निजी निवासमा २१ वटै बाणिज्य बैंकका सीइओहरुलाई रात्रिभोजमा डाकेका हुन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको चुनौतिका विषयमा अनौपचारिकरुपमा जानकारी लिने र समस्याको समाधान गर्ने उदेश्यले बैंकरहरुलाई रात्रिभोजमा बोलाइएको उनको निजी सचिवालयले जनाएको छ ।

पछिल्लो सरकारले सुरक्षा दिन नसकेको भन्दै बैंकहरुले सरकारको आलोचना गरिरहेका छन् । उनीहरुले केही दिन अगाडी सरकारले सुरक्षाको प्रत्याभूति नदिए सम्पूर्ण बैंकिंग सेवा बन्द गर्ने चेतावनी समेत दिएका थिए ।

‘बैंक विरुद्धका गतिविधिले बैंकहरुलाई कस्तो असर परेको छ र सरकारले कसरी शान्तिसुरक्षाको प्रत्याभूति गराउन सक्छ लगायतका विषयमा गृहमन्त्रीले छलफल गर्नुपर्यो भन्दै बोलाएका छन्, एक सिईओले भने । मन्त्रालयमा बोलाउँदा छलफल औपचारिक हुने भएकाले गृहमन्त्री श्रेष्ठले अनौपचारिक छलफल गरेर वास्तविकता बुझ्न निजी निवासमा बोलाएको जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्था परिसंघले प्रधानमन्त्री, गृह मन्त्री, गृह सचिव, प्रहरी महानिरिक्षक, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापन पत्रसमेत बुझाइसकेका छन् ।

वि.सं.२०८० असार २२ शुक्रवार १५:१९ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...