back
NMB ad

१ हजार कित्तासम्म भर्न पाइने आईपीओ सर्वसाधारणको लागि आजैदेखि बिक्री खुला

Kumari bank ad

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आज असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरी बाँडफाँड गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई आईपीओ बिक्री गर्न लागेकोे हो ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ।

अब २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा असार २९ गते र ढिलोमा असार साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

वि.सं.२०८० असार २६ मंगलवार ०६:५९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...