back
NMB ad

राष्ट्र उत्थान र आशा लघुवित्तको एकीकृत कारोबार मिति तय

Kumari bank ad

काठमाडौं । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरी आशा लघुवित्त वित्तीय संस्थाले यही असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।

प्राप्ति प्रक्रिया पूरा गरी आशा लघुवित्त वित्तीय संस्थाकै नामबाट एकीकृत कारोबार सुरु गरिने भएको हो। नेपाल राष्ट्र बैंकले गत असार २२ गते राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न आशा लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो । यसअघि गत जेठ २३ गते नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तबीचको प्राप्ति प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

आशा लघुवित्त नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ६ मदानपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न जिल्लामा ५५ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको संस्था हो।

यस्तै राष्ट्र उत्थान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिका वडानम्बर १३ साँगामा रहेको छ। यो लघुवित्तको पनि ७ वटै प्रदेशका विभिन्न जिल्लामा १०० वटा शाखा कार्यालय रहेका छन्।

वि.सं.२०८० असार २८ बिहीवार १०:३९ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...