back
NMB ad

आइएमई लाइफ इन्स्योरेन्सले कति पाउला ओपनिङ रेन्ज ?

Kumari bank ad

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भइसकेको छ।

यतिबेला आईपीओ प्राप्त गर्ने सेयरधनीमा कम्पनीको आईपीओले कति ओपनिङ रेन्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ। आइएमई लाइफको आईपीओले पहिलो कारोबारका लागि न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतम ५२९.५९ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ।

नेप्सेले जुनसुकै कम्पनीको आईपीओलाई पहिलो कारोबारका लागि सोही कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा ओपनिङ रेन्ज तोक्ने गर्दछ। आइएमई लाइफको आर्थिक वर्ष २०७८/७९को वास्तविक प्रतिसेयर नेटवर्थ १७६.५३ रुपैयाँ रहेको छ। यसर्थमा कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतममा नेटवर्थको तीनगुणा अर्थात ५२९.५९ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको हो।

कम्पनीले गत असार २१ गतगेदेखि २५ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६=९१ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २३६.९१ रुपैयाँ दरमा आईपीओ जारी गरेको थियो। कम्पनीको आईपीओ ९ लाख ६० हजार जनाले १०/१० कित्ताका दरले प्राप्त गरेका छन्।

वि.सं.२०८० साउन २ मंगलवार १७:५४ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...