काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार एनएमबि लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ ।
लघुवित्तको १० प्रतिशतले हुन आउने ६ लाख ५५ हजार ८६२.८६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गरेको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सूचिकृतपश्चात उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०८० साउन १० बुधवार १७:०१ मा प्रकाशित