back
NMB ad

हुलाक बचत बैंकका खाता र दायित्व वाणिज्य बैंकमा हस्तान्तरण

Kumari bank ad

भरतपुर, १० साउन ।  चितवनस्थित हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ । आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो ।

सोही व्यवस्थाअनुसार बैंकका खातावलाको कूल दायित्व र ऋणीको ऋण रकम हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत रमेश ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्मचारी र केही सङ्घ संस्थाले जिल्ला हुलाक कार्यालयअन्तर्गत बैंकिङ शाखामार्फत कारोबार गरिरहेका थिए ।

छ सय नौजनाको दायित्व र ऋण लगानीको विवरण मङ्गलबार राष्ट्रिय वाणिज्य बैंक नारायणगढ शाखाका सहायक शाखा प्रबन्धक कोपिलादेवी शर्मा आचार्यलाई हुलाक अधिकृत ज्ञवालीले हस्तान्तरण गर्नुभयो । “खातावलाको विवरण, बचत रकम, ऋण लगानीको सम्पूर्ण विवरण असार ३१ गते नै बुझाएका हौँं”, उहाँले भन्नुभयो’,“वाणिज्य बैंकले सबैको खाता खोलेर अपडेट गरेपछि रकम हस्तान्तरण गरेका छौँ ।” हुलाक बचत बैंकमा रु एक करोड ७९ लाख ६७ हजार तीन सय ४५ बचत भएकामा रु ५७ लाख तीन हजार तीन सय ३० रुपैँया ऋण लगानी भएको कार्यालयले जनाएको छ । बाँकी रु एक करोड २२ लाख ६४ हजार १५ रुपैँया कार्यालयले वाणिज्य बैंकलाई बुझाएको हो । अव ऋण लगानी भएको रकम वाणिज्य बैंकले नै उठाउने प्रमुख ज्ञवालीले बताउनुभयो ।

जिल्ला हुलाक कार्यालयको बैंकिङ शाखामा तीन कर्मचारी कार्यरत थिए । सबै कर्मचारी अब जिल्ला हुलाक कार्यालयमा नै कार्यरत हुनेछन् । हुलाक बैकमा प्रतिव्यक्ति अधिकतम रु चार लाख ५० हजारसम्म लगानी भएको छ भने रु १० लाखसम्म बचत गरिएको छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आव २०३२÷३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आव २०६०÷६१ देखि ऋण लगानीसमेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारी रहँदै आएका थिए । विगतमा बचतका लागि अरू बैंक, सहकारी, वित्तीय संस्था नभएको अवस्थामा हुलाक बचत बैंकको महत्व धेरै भए पनि अहिले कमहुँदै गएको ज्ञवालीले बताउनुभयो ।

“प्रशासनिक कार्यालयमा बैंकिङ कारोबार गर्न समस्या भएको थियो । आधुनिक सफ्टवेयर थिएन, पुरानै ढड्डाको युगमा थियौँ । एटिएम र मोबाइल बैंकिङ थिएन । पैसा लिन यही कार्यालयमै आउनुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो ।”

वि.सं.२०८० साउन १० बुधवार १७:०७ मा प्रकाशित

You can share this post!

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल हुने  

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५९

काठमाडौँ, ८ जेठः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि...

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:५५

काठमाडौँ, ८ जेठ : प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा...

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:४३

काठमाडौँ, ८ जेठः सशस्त्र प्रहरीका ४५ जना प्रशिक्षार्थी अधिकृतले कुश्माको...

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

चालु आर्थिक वर्षमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:३३

ढाका, ८ वैशाख : चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा...

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८१ जेठ ८ मंगलवार १३:१६

विराटनगर, ८ जेठः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...