back
NMB Ad

गत आवमा १६ अर्बभन्दा बढीको फलफूल आयात, सात अर्ब नौ करोडको स्याउ    

केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो    

काठमाडौँ, ११ असार  । गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ । कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा रु १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ ।

रु सात अर्ब नौ करोडको स्याउ आयात    

विभागका अनुसार गत आवमा रु सात अर्ब नौ करोड ४४ लाख ७७ हजार मूल्य बराबरको आठ करोड ३२ लाख ७४ हजार तीन सय ३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ८६ करोड ८३ लाख ८९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

सार्वजनिक विवरणानुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र रु पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ । त्यस्तै भारतबाट रु एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट रु ५० लाख ३४ हजार, स्वीजरल्याण्डबाट रु २७ लाख २० हजार मूल्य बराबरको स्याउ आयात भएको विवरण छ ।

रु दुई अर्बको अङ्गुर आयात    

गत आवमा मुलुकमा रु दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार मूल्य बराबरका तीन करोड नौ लाख आठ हजार एक सय ७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले रु ११ करोड एक लाख ७० हजारको राजस्व सङ्कलन गरेकोे छ । ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट रु दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार बराबर तथा चीन बाट रु दुई करोड १२ लाख तीन हजार बराबरको आयात भएको छ ।

केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो    

विभागका अनुसार गत आवमा रु एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ । कूल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले रु २९ करोड ४३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

विभागका अनुसार गत आवमा ८९ लाख चार हजार एक सय २७ केजी अनार आयातमा रु ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ । जसबाट सरकारले रु नौ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ ।

सार्वजनिक विवरणानुसार गत आवमा रु ८८ करोड १८ लाख ८४ हजार बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ । त्यस्तै एक करोड ५५ लाख ५१ हजार तीन सय ६८ केजी अम्बा तथा आँप आयातमा रु ७० करोड दुई लाख ७२ हजार बाहिरिएको छ । साथै दुई करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि रु ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ ।

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार तीन सय आठ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य रु ३० करोड ९० लाख ८१ हजार बराबर छ ।

यस अवधिमा रु १३ करोड ६२ लाख ५८ हजार बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा रु १२ करोड ३६ लाख २६ हजार खर्च बाहिरिएको छ ।

त्यस्तै रु नौ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोगाडो आयात भएको छ भने रु सात करोड ५२ लाख २१ हजार बराबरको चार लाख १० हजार तीन सय २२ किलो किबी आयात भएको छ ।

वि.सं.२०८० साउन ११ बिहीवार १६:४३ मा प्रकाशित

You can share this post!

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी, उद्धारका लागि हेलिकोप्टर पठाइयो   

वि.सं.२०८१ चैत १३ बुधवार १२:१६

इटहरी (सुनसरी) : इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक...

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

जब श्रीमानको अस्तु बोकेर पोखरा आउनुभयो लोरेटा…   

वि.सं.२०८१ चैत १३ बुधवार १२:०१

जमुना वर्षा शर्मा पोखरा, १३ चैतः अमेरिकन नागरिक ७२ वर्षीया...

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात संघबीच बीमा सम्झौता

वि.सं.२०८१ चैत १३ बुधवार ११:४९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती...

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

नेपालमा सामाजिक सञ्जाल दर्ता अनिवार्य : ३० दिनभित्र सूचीकरण नगरे प्रतिबन्ध लाग्न सक्ने

वि.सं.२०८१ चैत १३ बुधवार ११:३९

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल नियमनलाई थप प्रभावकारी बनाउने...

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

नबिल बैंकको कामु सीईओमा मनोज कुमार ज्ञवाली

वि.सं.२०८१ चैत १३ बुधवार १०:४८

काठमाडौं । नबिल बैंक लिमिटेड का प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ चैत १३ बुधवार १०:३८

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउ सामान्य बढेको छ...