back
NMB ad

मधेस प्रदेश सरकारका दुईमन्त्रीद्वारा राजीनामा   

Kumari bank ad

धनुषा, १५ साउन । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विना विभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले आज मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाउनुभएको हो । उहाँहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी हुनुहुन्थ्यो ।

जनमत पार्टीका नेता विपी साहका अनुसार दुवै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाउनुभएको हो । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एकीकृत समाजवादी)का गोविन्द न्यौपानेलाई दिनुभएको थियो । त्यसयता कुशवाहा विना विभागीय मन्त्रीको हैसियतमा हुनुहुन्थ्यो ।

नेता साहका अनुसार उहाँहरुको स्थानमा नयाँ दुई जनालाई मन्त्री सरकारमा पठाउने विष्तयमा छलफल भइरहेको छ । “कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको छ”, साहले भन्नुभयो ।

वि.सं.२०८० साउन १५ सोमवार १३:२० मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...