काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले भदौ ६ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
नेपाल धितोपत्र बोर्डले अपर तामाकोशीलाई १०० प्रतिशत अर्थात् १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ ।
कम्पनीले सभा र हकप्रद निष्कासनका लागि साउन २६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, साउन २५ गतेसम्म कायम लगानीकर्ताले हकप्रद भर्न र सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०८० साउन १६ मंगलवार ११:१९ मा प्रकाशित