back
NMB ad

अरुण तेस्रो प्रसारण लाइन : तोकिएको मुआब्जामा जग्गाधनीको असन्तुष्टि   

Kumari bank ad

किमाथाङ्का, १६ साउन ।    सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको चार सय केभी (हाइटेन्सन) प्रशारण लाइनको तोकिएको मुआब्जाप्रति जग्गाधनीले असन्तुष्टि जनाएका छन् । प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका संयोजक शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जग्गाको वर्गीकरणअनुसार रु पाँचदेखि आठ लाखसम्म प्रतिरोपनी मुआब्जा दिने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै मुआब्जा सरोकार समितिले आज खाँदबारीमा पत्रकार सम्मेलन गरेको हो । स्थानीयलाई सुकुम्वासी बनाउने र प्रोजेक्टलाई फाइदा पुर्याउने उद्देश्यले मुआब्जा तोकेको अरुण तेस्रो चार सय केभी प्रशारणलाइन मुआब्जा सरोकार समितिका संयोजक छत्रमणि काफ्लेले बताउनुभयो ।

स्थानीय नागरिकको भावनालाई लत्याएर, सरोकार समितिसँग परामर्श नै नगरी मुआब्जा तोकेको भन्दै सरोकार समितिले असन्तुष्टि जनाएको हो । प्रसारण लाइनको करिब दायाँबायाँ २३/२३ मिटर गरी कूल ४६ रोपनी जग्गा टावरले कभर गर्ने भएकाले सो क्षेत्रमा पर्ने आबद्ध जग्गा, वन, घरटहराको उचित क्षतिपूर्ति दिनुपर्ने मागलाई बेवास्ता गरेको सरोकार समितिको आरोप छ । सङ्खुवासभामा अरुण तेस्रो जलविद्युत् आयोजनाको चार सय केभीको प्रसारण लाइनको ५९ वटा टावर रहने छ ।
प्रसारण लाइनको टावरबाट करिब पाँच सय ९७ घरधुरीको जग्गा पर्दछ । मुआब्जा निर्धारण समितिमा प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत र स्थानीय तहका प्रमुख रहने कानुनी व्यवस्था छ । सोही समितिले जिल्लामा मुआब्जाको दररेट निर्धारण गर्दछ । अरुण तेस्रोको काममा मकालु गाउँपालिका–५ मा रहेको फ्याक्सिन्दामा बाँध र सुरुङ निर्माणको काम भइरहेको छ भने चिचिला गाउँपालिका–२ पुखुवामा पावर हाउसको काम तीव्र गतिमा भइरहेको छ । भारतीय सतलज कम्पनी (एसजेभीएन) ले काम गरिरहेको छ ।

वि.सं.२०८० साउन १६ मंगलवार २१:४४ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...