back
NMB ad

५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै सिनर्जी पावर, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् भर्न ?

Kumari bank ad

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।

वि.सं.२०८० साउन १७ बुधवार १०:१४ मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...