काठमाडौं। साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ ३०० रुपैंयाले बढेको हो ।
उक्त दिन छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन शुक्रबार पनि सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ स्थिर रहँदै तोलामा १ हजार ४२५ रुपैयाँमा कारोबार भएको छ। शुक्रबार पनि तोलामा चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० साउन २१ आइतवार १०:४३ मा प्रकाशित