back
NMB ad

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब ९१ करोड, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रकाशित विवरण अनुसार समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १४.५४ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।  बैंकको खराब कर्जा अनुपात बढेर २.९५ प्रतिशत पुगेको छ।

बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३५ करोड ५७ दाख रुपैयाँ थियो।

बैंकको सञ्चालन मुनाफा ६ अर्ब ९० करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५ अर्ब ८१ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि १८.७७ प्रतिशतले बढेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड रुपैयाँ भएको छ। बैंकको रिजर्भको आकार १३०.४८ प्रतिशतले बढेर ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३३.९६ रुपैयाँ कायम भएको छ।

वि.सं.२०८० साउन २१ आइतवार १०:४८ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...