back
NMB ad

प्रिमियममा आईपीओ निष्काशन गर्दै सोनापुर मिनरल्स, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

Kumari bank ad

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गर्न लागेको हो।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, कुमारी बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० साउन २१ आइतवार १०:३० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...