back
NMB ad

गोलभेडाको भाउ कसरी भयो एकाएक छोइनसक्नु ? यस्तो भन्छन् व्यवसायी

Kumari bank ad

काठमाडौं । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।

एक महिना अगाडि मात्रै नेपाली किसानहरुले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थियो । तर, ठिक एक महिनापछि गोलभेडाको मूल्य एक्कासी माथि पुगेको व्यवसायीहरुले बताए । उनीहरुले पछिल्लो समय किसानहरुले उत्पादन गरेको गोलभेडा भारतमा समेत जान लागेकाले बजार मूल्य बढेको बताए ।

व्यावसायीहरुले केही समय पहिला नेपाल उत्पादन उच्च रहेको भारतमा पनि नगएको र नेपाली बजारमा १० रुपैयाँमा पनि नबिकेको भन्दै सडकमा गोलभेडा फालिएको बताए । कालिमाटी फलफूल तथा तरकारी बजारकी गोलभेडा व्यापारी तारादेवी मगरले तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन भएको बताए । उनले अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भने अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारणले पनि यस्तो भएको बताए ।

उनले पछिल्लो समय भारतमा बढी पानी परेर डुबान भएको कारण गोलभेडाको मूल्य उच्च रुपमा बढेको बताए । उनले एक महिनाअघि नेपाली उत्पादन गोलभेडा फालाफाल हुँदा भारतमा समेत गएन तर अहिले नेपाली उत्पादन गोलभेडा करिब ७० प्रतिशत भारतमा गइरहेको बताए ।

उनले नेपाली बजारमा गोलभेडाको कमी भएको अवस्थामा भारतमा गोलभेडा निर्यात गर्दा मूल्य वृद्धि भएको बताए । उनले भारत नभएको भए ५० रुपैयाँ किलोभन्दा माथि जाने अवस्था नभएको बताए । उनले अघिल्लो वर्ष यही समयमा प्रति क्रेट २००० सम्म रहेकोमा अहिले टनेलभन्दा बाहिरको गोलभेडा २ हजार ५०० र टनेलभित्रको २ हजार ८०० प्रति क्रेट मूल्यमा बिक्रि भइरहेको बताए । उनले भारतमा समेत २ हजार ८०० प्रति क्रेट गोलभेडा गइरहेको बताए । अहिले नेपाली बजारमा गोलभेडा किलो १४० रुपैयाँ रहेको बताए । उनले गोलभेडाको मूल्य एक महिनामा किलामो १० रुपैयाँ बढेको छ ।

उनले भने,‘तरकारीको मूल्यमा उतारचढाव आउनुको कारण उत्पादन हो । अघिल्लो वर्ष एउटा तरकारी धेरै खपत भयो भनेको अर्को वर्ष सबै किसानले एउटै तरकारी उत्पादन गर्नुको कारण पनि हो । अहिले नेपाली उत्पादन गोलभेडाँ करिब ७० प्रतिशत भारतमा गइरहेको अवस्था हो। त्यसकारण मूल्य वृद्धि भएको हो । भारत नभएको भए ५० रुपैयाँ किलो भन्दा माथि नजानु पर्ने हो । अघिल्लो वर्ष यही समयमा प्रति क्रेड २००० सम्म थियो । सडकमा गोलभेडा फाल्नु पर्ने भएकाले किसानहरुले उपचार नगरी हेल्चेक्राई गरे । औषधी उपचार नगर्नाले उत्पादनमा कमी भयो । भारतमा गोलभेडा गइरहेको कारण नेपाली बजारमा १४० रुपैयाँ किलोसम्म भएको छ। अहिले टनेला भन्दा बाहिरको गोलभेडा २ हजार ५०० छ भने टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड मूल्य छ। भारतमा पनि टनेलाभित्रको गोलभेडा २ हजार ८०० प्रति क्रेड गइरहेको छ । तर यता बन्दाको मूल्य भने पौष देखि प्रतिकेजी १० रुपैयाँ भन्दा माथि गएको छैन । किसानले किलो २ रुपैयाँ पनि पाएको छैनन् । गत वर्ष यो समयमा ७५ रुपैयाँ किलो थियो ।’

गोलभेडा व्यवसायी द्वारिका अधिकारीले विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहे पनि गोलभेडा अत्याधिक महँगो भएको बताए । उनले अहिले तरकारी बजारमा महँगो भनेको गोलभेडा मात्रै रहेको बताए । उनले १० रुपैयाँ केजीसम्म झरेको गोलभेडाको मूल्य किसानहरुले सडकमा फालेको बताए । उनले गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु पर्ने भएकाले किसानले औषधी उपचार नगर्दा उत्पादन कम भएकाले बजारमा कमी भएको बताउनु बताए । उनले गोलभेडा बाहेक अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य वृद्धि नभएको बताए । उनले बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले संधै एउटै मूल्यमा तरकारी खरिद गर्न पाउने बताए ।

उनले भने,‘विगतको तुलनामा यो वर्ष तरकारी सस्तो रहेको छ । महँगो भनेको गोलभेडा मात्रै हो। गोलभेडाँ पनि १० रुपैयाँ केजीसम्म आएर किसानहरुले सडकमा फाल्न बाध्य भए । सडकमा फाल्नु पर्ने भएकाले किसानले औषधी उपचार गरेनन् । रोग लाग्नले उत्पादन कम भएकाले बजारमा कमी भएकाले महँगो भएको छ । काउली ३५ रुपैयाँ छ । अन्य तरकारीको उत्पादनमा वृद्धि भएको कारण मूल्य कमी आएको छ । बजारमा तरकारीको मूल्य घटबढ नहुनको लागि सरकारले उत्पादित तरकारीको निश्चित मूल्य तोकि दिए मात्रै उपभोक्ताले संधै एउटै मूल्यमा तरकारी खरिद गर्न पाउँछन् ।’

तरकारी व्यवसायी बद्रीलाल श्रेष्ठले गोलभेडाको मूल्य पछिल्लो ३० वर्षको अवधिमा यो वर्षको जस्तो उतारचढाव नभएको बताए। उनले नेपाली उत्पादन गोलभेडा यो वर्ष नै सडकमा फाल्ने देखि १४० रुपैयाँसम्म मुल्य पुगेको बताए । उनले कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म पुगेको बताए । उनले कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि उत्पादन कमी हुने र बजार मूल्य नपाउने जस्ता समस्या आइरहने गरेको बताए । उनले सरकारले कृषि क्षेत्रलाई बेवास्था गर्दा पनि समस्या आउने गरेको बताए । उनले किसानले घर धितो राखेर कृषि गरे पनि कतिबेला के उत्पादन गर्ने भनेर ज्ञान नहुँदा उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा निराश बन्नु पर्ने अवस्था रहेको बताए ।

उनले भने,‘गोलभेडाको मूल्य यो वर्षको जस्तो ३० वर्षअघि देखि कहिल्यै पनि भएको थिएन । गोलभेडा यो वर्ष नै यति धेरै सस्तो भयो भने किसानले मूल्य नपाएर फाल्नु पर्ने अवस्था भयो । अहिले आएर यति धेरै महँगो भएको छ । कालिमाटी तरकारी बजारमा होलसेलमा नै १२० सम्म बेचेको अवस्था छ । कृषि उत्पादनमा किसानहरुको ज्ञान नभएर पनि हो । सरकारले कृषिलाई व्यवास्था गरेर हो की जस्तो लाग्छ । किसानले घर धितो राखेर कृषि गरे पनि कतिबेला के उत्पादन गर्ने भनेर ज्ञान छैन। उनीहरुले उत्पादन गरेको वस्तुले मूल्य नपाउँदा किसानहरु हत्योसाहित भएको अवस्था छ ।’

कालीमाटी बजार विकास समितिले आइतबारका लागि नेपाली गोलभेडाको ठूलोका मूल्य प्रतिकिलो १६८.३३ रुपैयाँ कायम गरेको छ ।

वि.सं.२०८० साउन २१ आइतवार १४:२३ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...