काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३८.३७ अंकले घटेर २०५१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा कारोबारमा आएको पहिलो दिनमै आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य क्रमशः ९.९९ र ९.९८ प्रतिशतले बढेको हो ।
त्यसैगरी, कृषि विकास बैंकको ६.७३ प्रतिशत, पिपुल्स पावरको ४.०२ प्रतिशत, नेपाल एसबिआई डिबेञ्चरको ३.९५प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० साउन २१ आइतवार १५:०६ मा प्रकाशित