back
NMB ad

छुटाउनुभयो कि ? २५ हजार कित्तासम्म भर्न पाईने आईपीओ, आवेदन दिने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज साउन २३ गते अन्तिम दिन रहेको छ। कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारण लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात १९ लाख ८८ हजार २३६ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने ३९ हजार ७६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ९९ हजार ४१२ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। कम्पनीले आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० साउन २२ सोमवार ०६:५८ मा प्रकाशित

You can share this post!

राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा नेपालको राजीनामा स्वीकृत   

राष्ट्रपतिद्वारा आर्थिकविज्ञ डा नेपालको राजीनामा स्वीकृत   

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:३९

काठमाडौँ, ३० वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले...

नेप्सेले गर्यो सिटिजन लाइफको सेयर कारोबार फुकुवा

नेप्सेले गर्यो सिटिजन लाइफको सेयर कारोबार फुकुवा

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:२१

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लेसिटिजन लाइफ इन्स्योरेन्सको कम्पनी लिमिटेडको सेयर कारोबार...

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

सानिमा रिलायन्सको व्यवसाय दोब्बरले वृद्धि, जीवन बीमाकोष साढे १३ अर्ब माथि

वि.सं.२०८१ वैशाख ३० आइतवार ११:०८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

महँगियो सुनको भाउ, आज प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:४६

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ बढेको छ...

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

हिमालयन रिइन्स्योरेन्सको नाफामा शतप्रतिशत वृद्धि, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:३७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ   

वि.सं.२०८१ वैशाख ३० आइतवार १०:२५

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच...