back
NMB ad

नेपाल एसबिआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाइन्छ ?

Kumari bank ad

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिन म्याद थप गरेको छ। सो ऋणपत्रमा अब साउन ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ।

बैंकले १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ निष्काशन गरेको हो।

बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ८ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिनेछ।

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार इकाइ सामूहिक लगानी कोषलाई इकाइ छुट्याएको छ। बाँकी इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ८ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा साउन ३२ गतेसम्म लम्बिन सक्छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

वि.सं.२०८० साउन २२ सोमवार १०:२६ मा प्रकाशित

You can share this post!

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन   

काठमाडौँमा तेस्रो लगानी सम्मेलन उद्घाटन   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५९

काठमाडौँ, १६ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...