back
NMB ad

सन नेपाल लाइफको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि जारी गरेको आईपीओ आज साउन २२ गते बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।

सीडीएससीका अनुसार यसमा २८ हजार ७४१ आवेदकबाट कुल १८ लाख १७ हजार ४५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । त्यसमध्ये २७ हजार ९०१ आवेदकबाट परेको १७ लाख ७२ हजार ६२० कित्ता सदर भएको छ भने ४ आवेदकबाट परेको ३१० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार १० कित्तादेखि ४० कित्तासम्म आवेदन दिने ९ हजार ७४ जनाले मागबमोजिम सेयर पाएका छन्। यी आवेदकलाई १ लाख ९० हजार ६४० कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

यसैगरी ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने १८ हजार ८२७ आवेदकले ४० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई ७ लाख ५३ हजार ८० कित्ता बाँडफाँड गरिएको छ।

त्यस्तै ५० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने तिनै आवेदकमध्ये १ हजार ६२८ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यी आवेदकहरुलाई १६ हजार २८० कित्ता बाँडफाँड गरिएको छ।

कम्पनीले विदेशमा काम गर्ने नेपाली नागरिकहरुका लागि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको थियो ।

आईपीओको नतिजा हेर्नको लागि

विक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट :https://www.nsmbl.com.np/

सिडीएससीको मेरोशेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login

सिडीएसको  वेबसाइटबाट :https://iporesult.cdsc.com.np/

 

वि.सं.२०८० साउन २२ सोमवार १२:३९ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...