काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा बिहीबार थप एक कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा अपर स्याङ्गे हाइड्रोपावरको आइपीओ सूचिकृत भएको हो ।
कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको ( सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली, स्थानिय बासिन्दाहरु र कर्मचारी समेत ) लाई ८ लाख ७० हजार कित्ता र कम्पनीका संस्थापक सेयधनीहरूले लगानी गरेको १३ लाख ३० हजार कित्ता गरेर कुल २२ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि ८४ रूपैयाँ ५४ पैसादेखि अधिकतम २५३ रुपैंया ६२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘यूएसएचएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।
वि.सं.२०८० साउन २५ बिहीवार १२:४३ मा प्रकाशित