back
NMB ad

आयातमा अनिवार्य स्टीकरले अवैध व्यापार बढाउने व्यवसायीको चिन्ता

Kumari bank ad

काठमाडौं । इम्पोटर्स एसोशिएसन अफ नेपालले तयारी बस्तुको पैठारीमा लेबलिङ स्टिकर अनिवार्य गर्दा अवैध व्यापार झन् बढ्नसक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पैठारीमा लेबलिङ स्टिकरको जटिलता तथा सम्भावित उपायका विषयमा सुझाव पत्र बुझाउँदै संघले यो व्यवस्थाको लक्ष्य राम्रो भए पनि कार्यान्वयन जटिल रहेको र परिणाम उल्टो आउनसक्ने भन्दै सचेत गराएको हो ।

सरकारले ल्याएको आर्थिक ऐन, २०८० को भन्सार सम्बन्धी अनुसूची १ को दफा १८ को उपदफा ९४० बमोजिम पैठारी हुने माल वस्तुको प्याकिङमा पैठारीकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल अनिवार्य गरिएको छ ।

संघका सल्लाहकार पवन अग्रवालका अनुसार ४० प्रतिशत ग्रे मार्केट भएको मुलुकमा व्यवस्थित रुपमा आयात गरिरहेका व्यवसायीमाथि स्टीकरणको भार थपिँदा अवैध आयात झनै बढ्नसक्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

“दैनिक २५ करोड स्टीकर खपत हुने भएकाले राज्यले यसका निमित्त वार्षिक १० अर्ब खर्चनुपर्ने देखिन्छ,” उनी भन्छन्, “एकातिर हाम्रो ठूलो लगानी स्टीकरमा हुने र अर्कोतर्फ ग्रे मार्केटवालाले यसको दुरुपयोग गर्दै हामी वैधानिक रुपमा आयात गर्नेलाई झन् कमजोर बनाउनसक्ने जोखिम देखिएको हामीले प्रधानमन्त्रीलाई जानकारी गरायौं ।”

अनधिकृत रुपमा पैठारी हुने मालबस्तुलाई नियन्त्रण तथा नियमन गर्नको लागि ल्याइएको कानूनी व्यवस्थाले पैठारीकर्ता तथा वितरक सामु धेरै ठूलो चुनौती थपिदिएको संघले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल सरकारको उद्देश्य पनि पूरा हुने र पैठारीमा हुने सहजताको लागि आफूहरुले समाधान दिनका लागि सुझावसमेत लिएर आएको पत्रमा भनिएको छ ।

संघले आयातकर्ता भन्सार विभागमा दर्ता गराउने तथा अधिकृत आयातकर्ताको सबै विवरण राख्ने व्यवस्था गरिए स्टीकर आवश्यक नपर्ने बरु यसरी दर्ता नभएका व्यवसायीको हकमा स्टीकरको व्यवस्था गर्न सकिने सुझाव दिएको छ ।

भ्रष्टाचार उन्मुलनमा अभूतपूर्व पाइला चालेको भन्दै प्रधानमन्त्री दाहालको प्रशंशा गरेको संघले प्रधानमन्त्रीको अध्यक्षतामा उद्योग र व्यापारसम्बन्धी नयाँ कमिटी गठन गरी नयाँ लगानी भित्र्याउन र व्यवसायीका समस्या समााधानको पहल गर्न सुझाव दिएको छ ।

वि.सं.२०८० भदौ ३ आइतवार १८:१९ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...