काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । उक्त दिन बजार २९.४७ अंकले बढेर २०४५ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको ९.६४ प्रतिशत, लिब्रेटी इनर्जी कम्पनीको ९.४५ प्रतिशत, दोल्ती पावर कम्पनीको ८.८६ प्रतिशत, माया खोला हाइड्रोपावरको ८.४७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० भदौ ६ बुधवार १५:०५ मा प्रकाशित