काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । उक्त दिन बजार २९.४७ अंकले बढेर २०४५ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी घोराही सिमेन्ट्स इन्डस्ट्रीको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ५७ लाख ६५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको ७ करोड ६ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाख ४२ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ४ करोड ३६ लाख ४ हजार रुपैयाँ र शिभम् सिमेन्ट्सको ४ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० भदौ ६ बुधवार १५:११ मा प्रकाशित