काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । उक्त दिन बजार २९.४७ अंकले बढेर २०४५ को विन्दुमा कायम हुन पुगेको हो ।
बुधबार सेयर बजारमा १ अर्ब ५१ करोड ४ लाख ८८ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १३ वटै उपसूचकमा हरियाली छाएको छ ।
सेयर बजारमा सुधार आउँदा सिटिजन सुपर ३० म्युचुअल फण्डको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.४२ प्रतिशतले घटेको हो । त्यसैगरी, एनएमबि डिबेञ्चरको ४.०१ प्रतिशत, नेपाल एसबिआइ डिबेञ्चरको ३.९४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.५२ प्रतिशत, स्वाभिमान लघुवित्तको २.४६ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८० भदौ ६ बुधवार १५:१९ मा प्रकाशित