back
NMB Ad

भगवती हाइड्रोपावरको आइपीओमा कति जनाले दिए आवेदन ?

Nepal Bank

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा १ अर्ब ४५ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार यसमा आज भदौ ६ गते साँझसम्ममा ७ लाख ७२ हजार ३५४ जनाले ८६ लाख ६० हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १२.१५ गुणा बढी आवेदन हुन आउँछ ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ८५ हजार ८१० कित्ता शेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ४२ हजार ९०५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ भने १७ हजार १६२ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको ७ लाख १२ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा भदौ ८ गतेसम्म र ढिलोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० भदौ ६ बुधवार १७:३२ मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

वि.सं.२०८२ जेठ ९ शुक्रवार ११:४०

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४२

बागमती : हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३७

काठमाडौँ  : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सर्वसाधारणको लागि सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

सर्वसाधारणको लागि सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:३१

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज जेठ ९ गतेदेखि आईपीओ...

बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी   

बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी   

वि.सं.२०८२ जेठ ९ शुक्रवार ०६:३७

बैतडी : बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित...