back
NMB ad

हाइड्रो पावरका आयोजनामा लोकप्रिय बन्दै डब्लु.के.भि.टर्बाइन्स्

Kumari bank ad

काठमाडौं । दार्चुला जिल्लामा अवस्थित मकरीगाड जलविद्युत आयोजना गत फरवरी २०२३ देखि सफलतापुर्वक सञ्चालनमा आएको छ । प्रभावशाली विशेषताहरुयुक्त यो आयोजनाले गर्व महशुस गराउँदछ । ९०० मिटर ग्रस हेड रहेको यो जलविद्युत आयोजना नेपालमा सञ्चालनमा रहेको आयोजनाहरु मध्ये हालसम्मकै सबैभन्दा उच्च हेड रहेको आयोजना हो । यो आयोजनाको क्षमता २ ह ५ मेगावाट छ र इलेक्ट्रो–मेकानिकल उपकरणहरु जर्मनीको एक अग्रणी जलविद्युत उपकरण निर्माण विशेषज्ञ कम्पनी डब्लु.के.भि. बाट आपूर्ति गरिएको हो ।

श्रीलंकाको एलटिएल होल्डिङस्आ-योजना विकास साझेदार र लड्ढधनवी लिमिटेड– इपिसी ठेकेदारको रुपमा सामेल हुन पूर्व यो परियोजना प्रारम्भमा नेपालको एक सुस्थापित कम्पनी हाइड्रो भिजनद्धारा विकास गरिएको थियो । यो परियोजनाका सिभिल कार्यहरु, खास गरी हेडवक्र्स, पेन्स्टक पाइप र प्रसारण लाईन निर्माण गर्न त्यति सजिलो थिएन । विशेषगरी, कठ््याङग्रिने जाडोयाम र पेन्स्टक कार्यहरु सहित सम्पूर्ण हेडवक्र्सको लागि पहुँच मार्गको अभावले निर्माण साम्राग्रीहरुको ढुवानीलाई कम चुनौतीपूर्ण बनाएको थिएन । निर्माण टोलीले प्रत्येक सिमेण्टको बोरा पावरहाउस देखि हेडवक्र्स क्षेत्रमा रोपवे र खच्चडमार्फत ढुवानी गरेको थियो । उनीहरुले पुरै डोजरलाई पूर्णरुपले पार्टपार्ट खोली हेडवक्र्समा ढुवानी गरी पुन जोडेका पनि थिए । यतिका कठिनाईहरुका वावजुद पनि निर्माण टोलीले साढे दुई बर्षमै विश्वका कुनैपनि जलविद्युत आयोजनाहरुसँग प्रतिस्पर्धा गर्न सकिने असाधारणरुपले उच्च गुणस्तरिय आयोजना सम्पन्न ग¥यो ।

आयोजनाको अर्को अद्धितीय चुनौती भनेको २७ कि.मि. लामो प्रशारण लाइन थियो । पोलसहित ३३ के.भि.को प्रसारण लाईन निर्माण गरिनु १३२ के.भि.को प्रसारण लाईन (जसको लागि महङ्गो टावरहरुको जरुरत् पर्दथ्यो) भन्दा सजिलो र सस्तो पर्ने विश्लेषणले निस्कर्ष निकाल्यो । ३३ के।भि।को यति लामो प्रसारण लाइनमा विजुली नोक्सानी बढी भएतापनि औसत भन्दा बढी व्यास भएको विशेष खाले तार (कन्डक्टर) को प्रयोगले ३३ के.भि. प्रसारण लाइनको कारण हुने नोक्सानीलाई न्यूनीकरण गर्न मद्धत पुगेको छ ।

उच्च गुणस्तरीय र भरपर्दो उपकरण उपलब्ध गराउने प्रतिष्ठित कम्पनी भएकै कारण यस आयोजनाको विद्युतगृहको लागि इलेक्ट्रो–मेकानिकल उपकरणहरु उपलब्ध गराउन डब्लु।के।भि।सँग सम्झौता गरिएको थियो । एकै छानामुनि टर्बाइन र जेनेटरहरु उत्पादन गरी आपूति गर्ने डब्लु।के।भि। जर्मनीको एक मात्र कम्पनी हो र यसले ५ बर्ष लामो वारेण्टी दिदै आएको छ ।

टर्बाइनहरु, जेनेटरहरु, कन्ट्रोल प्रणाली र स्क्याडा प्रणालीसहित सबै उपकरणहरु डब्लु।के।भि।द्धारा जर्मनीमा निर्माण गरिएका हुन् । जसले ग्राहकहरुलाई विद्युत गृहको सञ्चालन र मर्मतसम्भारको सन्दर्भमा अद्धितिय फाइदा र लाभ प्रदान गर्दछ । लड्ढधनवीले डब्लु।के।भि।को उपकरणहरु प्रयोग गरेर विगत २० बर्षभन्दा बढी समयदेखि उसका अरु जलविद्युत आयोजनाहरु सञ्चालन गर्दै आइरहेको छ । ती आयोजनाहरुले २० बर्ष लामो सञ्चालन अवधिपछि पनि त्यतिकै स्थिर विद्युत उत्पादन गर्न सक्षम रहेको प्रमाणित गरेको छ । यी कुराहरु लाभपूर्ण लगानीको लागि अनुकरणिय उदाहारण हुन् । नेपालमा सिमित समयावधिको पिपिएमा डब्लु,के.भि.का उच्च गुणस्तरिय टर्बाइन उपकरणहरु प्रयोग गरेर अधिक्तम विजुली उत्पादन सुनिश्चितता गर्न सकिन्छ ।

मकरीगाड जलविद्युत आयोजनाले नेपालमा यसको उत्पादन दायराभरी नै डब्लु.के.भि.को उच्चतम विशिष्टता प्रदर्शन गर्नेनै छ । डब्लु.के.भि.ले सन २०२२ देखि सञ्चालनमा रहेको अत्यन्तै न्यून हेड ९मात्र ३५ मि।० रहेको काबेली बी–वान क्यास्केड १० मेगावाट आयोजनामा २ वटा होरिजेन्टल फ्रेन्सिस् टर्बाइनहरु जडान गरेको छ ।

मकरीगाड जलविद्युत आयोजना काबेली बी–वान क्यास्केडको चरम विपरित हेड रहेको डब्लु.के.भि. को आयोजना हो । यसको हेड ९०० मिटर र दुवै टबाईनको लागि डिजाइन फ्लो मात्र १.३५ घनमिटर प्रतिसेकेन्ड छ ।

नेपाली जलविद्युत बजार ठूलो भएतापनि चुनौतीपूर्ण छ । यद्यपी डब्लु।के।भि। नेपाली नीजि जलविद्युत बजारमा विगत २० बर्षभन्दा लामो समयदेखि अग्रणी भूमिकामा रहदै आएको छ । डब्लु.के.भि. २० बर्ष अघि अरुण भ्याली हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी र अपि पावर कम्पनीका प्रबद्र्धकहरुले निर्माण गरेको पिलुवा खोला जलविद्युत आयोजना ३ मेगावाटबाट नेपाली बजारमा प्रवेश गरेको थियो । यो आयोजना नै नेपाली लगानीकर्ताहरुले लगानी गरेर निर्माण गरेको पहिलो नीजि जलविद्युत आयोजना थियो ।

मकरी गाड वास्तविक विशेषज्ञहरु मिलेर काम गरे उत्कृष्ट नतिजाहरु प्राप्त गर्न सकिने रहेछ भन्ने प्रमाण हो । यद्यपी जलविद्युत व्यवसाय एउटा लगानी व्यवसाय हो र यस व्यवसायको मुनाफा मुख्य रुपमा आयोजनामा प्रयोग गरिने टर्बाइन उपकरणहरुको विश्वसनीयतामा निर्भर रहने हुन्छ, जसले दशकौंसम्म विना झन्झट विजुली उत्पादन गर्न सकोस् । यसैकारण लगानीको उच्चतम नाफा आर्जन गर्न सकेसम्म सर्बोत्तम उपकरणहरु प्रयोग गरिनु पर्दछ ।

वि.सं.२०८० भदौ ७ बिहीवार १३:५६ मा प्रकाशित

You can share this post!

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

पर्यटनको अथाह सम्भावना बोकेको धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’   

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:४६

अच्युत रेग्मी गङ्गाजमुना (धादिङ), २४ वैशाख : स्वच्छ हावापानी, घना...

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...