काठमाडौं । धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालयले सुनसरीका १२ स्थानीय तहहरुमा डेंगी रोगका संक्रमण व्यापक फैलिई १६ हजार भन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भदौ ८ गते राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म अत्यावस्यक काममा सुरक्षा निकायसँग समन्वय गरी सामुहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, र्याली लगायत कुनै पनि कार्य नगर्न अनुरोध गरेको ।
वि.सं.२०८० भदौ ८ शुक्रवार १६:५३ मा प्रकाशित