back
NMB ad

रैथाने मह किन्न घरमै पुग्छन् ग्राहक

Kumari bank ad

तुलसीपुर(दाङ),१९ भदौ(रासस): तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न थालेको दस वर्ष भयो । दैनिक हुने अन्य कामसँगै बाँकी रहेको समय मौरी पालन गरेरै उहाँले वार्षिक रु एकलाख कमाई गर्दै आउनु भएको छ ।“हामीले पालेको मौरी स्थानीय जातको हो, यसलाई विकासे मौरीको झै समय पनि दिनुपर्दैन, आफै मेहनत गरेर यो मौरीले मह दिन्छ”, प्रेमबहादुरले भन्नुभयो, “दिनभर अरु काम गर्ने र साँझ, बिहान हेरचाह गरे मात्रै पनि पुग्छ ।”

दसवर्ष अघिदेखि परम्परागतरूपमा चल्दै आएको काठको घारमा मौरी पालन सुरु गर्नुभएका उहाँले सुरुमा दुर्ई/तीन घारबाट काम सुरु गर्नुभयो, त्यसपछि ४० घारसम्म मौरी पालन गर्नुभएको छ । बीचमा रोग लाग्दा पनि कहिले घट्ने र कहिले बढ्ने भइरहेको छ । “मैले ४० घारसम्म मौरी पालन गरेँ”, प्रेमबहादुरले भन्नुभयो “कहिले रोग लागेर ह्वात्तै घट्ने पनि गर्छ, भने कहिले बढ्छ ।”

रैथाने जातको मौरीले आफै मेहनत गर्ने भएकाले आफूहरुले धेरै दुःख गर्न नपर्ने उहाँको भनाइ थियो । यसरी प्राप्त भएको मह बजारीकरणका लागि पनि लैजानु पर्दैन । यो मह खोज्दै ग्राहक घरमै आउने गर्छन् । स्वास्थ्यका हिसाबले एकदमै उत्तम भएकाले पनि घरमै आएर लैजाने गरेको प्रेमबहादुरले बताउनुभयो ।“यो मह बिक्री गर्न हामी कहिल्यै बजार गएनौं, ग्राहकहरू खोज्दै घरमै आउँछन् ”,उहाँले भन्नुभयो“ वार्षिक एक क्विन्टलसम्म मह उत्पादन हुने भएकाले धेरै ग्रहाकलाई त पु¥याउन पनि मुस्किल पर्छ ।”

सोही ठाउँका कमल प्रकाश डाँगीले पनि २० घार रैथाने जातका मौरी पालन गर्नुभएको छ । उहाँले पनि वार्षिक रु एक लाखको हाराहारीमा आम्दानी गर्दै आउनुभएको छ । प्रतिकिलो मह रु एक हजार पाँचसयका दरले बिक्री हुँदै आएको छ । स्थानीय उत्पादन भएकाले यो मह लैजान बुटवल, नवलपरासीबाट मात्रै होइन् भारतबाट समेत आउने गरेको उहाँले बताउनुभयो ।“हामीले काठको घारबाट निकालेर मह दिन्छौं”,कमलले भन्नुभयो, “कसैले चाकासहित लैजान्छन भने कसैले उतिबेलै निचोरेर मह लैजान्छन्।” पछिल्लो सयम गाउँ–गाउँमै पुग्ने गरेको विकासे मौरी पालनले रैथाने मौरी विस्तापित हुने खतरा रहेको उहाँहरूको गुनासो थियो ।

वि.सं.२०८० भदौ १९ मंगलवार १४:५० मा प्रकाशित

You can share this post!

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:१७

काठमाडौ । कुमारी बैंकले संस्थापक संस्थापक सेयर बिक्रीमा ल्याएको छ...

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

कुमारी बैंकका ग्राहकलाई निको बाल अस्पतालमा विशेष छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १०:०७

काठमाडौं । कुमारी बैंक लिमिटेड र भरतपुर, चितवन स्थित निको...

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...