काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । उक्त दिन बजार ६.४५ अंकले घटेर १९६१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा एनएमबि काइक्रोफाइनान्सको सेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । कम्पनी सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यसैगरी, नेरुडे लघुवित्तको ९.८५ प्रतिशत, इङ्वा हाइड्रोपावरको ७.३२ प्रतिशत, सान्जेन जलविद्युतको ६.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० भदौ १९ मंगलवार १५:०६ मा प्रकाशित