back
NMB Ad

हुन्डाईको फेष्टिभ डिलाइट २०८० सार्वजनिक, यस्ता छन् सुविधा

Royal Enfield Inside Page Banner

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं – तिहार लक्षित फेष्टिभ डिलाईट २०८० योजना सार्वजनिक गरेको छ ।

आफ्ना ग्राहक महानुभावहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाइले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ क्ग्ख् लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् ।

हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ । हुन्डार्ड फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप रु.१ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ ।

२१ भाद देखि शुरु भएको यस हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नुहुने ग्राहकहरुले पनि यो योजनामा सहभागिता जनाउन योग्य हुनेछन् । नाडा अटोशो २०२३ मा हुन्डाईको B5 स्टल भ्रमण गरेर सम्पूर्ण ग्राहकहरुले हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर ३ (छठ पर्व) सम्म लागू हुनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

वि.सं.२०८० भदौ २१ बिहीवार १२:४० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकहरूका लागि आकर्षक योजना

एमएडब्लू वृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकहरूका लागि आकर्षक योजना

वि.सं.२०८१ माघ ९ बुधवार १७:४५

काठमाडौं : एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि...

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

वि.सं.२०८१ माघ ९ बुधवार १७:०३

काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य...

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

वि.सं.२०८१ माघ ९ बुधवार १६:२७

काठमाडौँ : आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ माघ ९ बुधवार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १६:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप दुई कम्पनीको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...