back

पाकिस्तानी ध्वजावाहक चरम आर्थिक सङ्कटमा   

Kumari bank ad

पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए) चरम आर्थिक अभावबाट गुज्रिएको छ । विमान कम्पनीले २० अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले उसले १५ वटा विमान नउडाउने जोखिम बढेको जियो न्यूजले जनाएको छ ।

यदि विमानहरू ‘ग्राउन्डेड’ भएमा ३० भन्दा बढी उडान स्थगित हुनेछन् जसले आम्दानी स्रोत घट्दा आर्थिक सङ्कटलाई बढाउने छ । इन्धन, फेडरल एक्साइज ड्युटी र ‘लिज’ (भाडा)रकम भुक्तानी समयमै नहुँदा १५ वटा विमान ग्राउन्डेड हुनसक्ने बाध्यात्मक परिस्थिति नआओस् भन्ने कामना सम्बद्ध अधिकारीहरूले गरेका छन् ।

नागरिक उड्डयन मन्त्रालयले पिआईएको पुनसंरचना गर्नु अति जटिल प्रक्रिया भएको उल्लेख गर्दै त्यस गर्न एक वर्ष लाग्ने बताएको छ तर, यो अवधिमा राष्ट्रिय ध्वजावाहकलाई सञ्चालन गर्नैपर्ने आवश्यकता रहेको जिओ न्यूजले जनाएको छ ।

गत साता सरकारको सहयोगमा ब्याङ्कहरूले पिआईएलाई रकम उपलव्ध गराएपछि आफ्ना वित्तीय चुनौतिबाट क्षणिक राहत महसुस गरेको पिआईए पुनः समस्यामा परेको छ । यद्यपि प्राप्त रकम विमान र इन्जिन भाडाको लामो समयदेखिको बक्यौता, विदेशी विमानस्थलमा भएको खर्चको भुक्तानीहरू तिर्न प्रयोग गरिने जनाइएको छ ।

यसअघि पिआईएले भाडामा लिएका १३ वटा विमानमध्ये पाँच वटा ग्राउन्डेड गरेको थियो । पिआईएले करिब २३ अर्ब रुपैयाँ उपलव्ध गराउन सरकारसँग माग गरेको छ तर आर्थिक समन्वय समितिले त्यसलाई अस्वीकार गरेको थियो । गत जुलाईमा सङ्घीय राजस्व बोर्डले दुई अर्ब रुपैयाँभन्दा बढी कर नतिरेको भन्दै राष्ट्रिय ध्वजावाहकको खाता रोक्का गरेको थियो ।

वि.सं.२०८० भदौ २६ मंगलवार १७:४६ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...