back
NMB ad

शिक्षा विधेयक परिमार्जनका लागि परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह   

Kumari bank ad

काठमाडौँ, १ असोज : राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसदमा दर्ता गरेको थियो । उक्त विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा विद्यमान विधेयकले बोर्डको साङ्गठनिक संरचना र कर्मचारी व्यवस्थापनमा समेत व्यापक हेरफेर गरेको छ । बोर्डअन्तर्गतका कर्मचारी सङ्घ नेपाल, कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले आज संयुक्त विज्ञप्ति जारी गरी सात बुँदे माग प्रस्तुत गरेका छन् ।

ती सङ्गठनले बोर्डको पूर्ण स्वायत्तता (संरचना, कर्मचारी व्यवस्थापन र स्रोत व्यवस्थापनमा सम्पूर्ण अधिकार हुने गरी) कायम हुनुपर्ने, कार्यरत अस्थायी प्रकृतिका कर्मचारीको स्थायित्वसम्बन्धी प्रक्रिया अगाडि बढ्ने गरी व्यवस्था हुनुपर्ने, कार्यरत सम्पूर्ण कर्मचारीलाई मर्का नपर्ने गरी साविकको पारिश्रमिक, सुविधा तथा सेवाको शर्त सुनिश्चित हुनुपर्ने, पदेन सदस्यबाहेक बोर्डका अन्य सदस्यको मनोनयन गर्ने अधिकार बोर्डमै निहित हुनुपर्ने माग अघि सारेका छन् ।

यस्तै बोर्डको अध्यक्षको नियुक्ति शिक्षा ऐन, २०२८ (आठौ संशोधन) ले व्यवस्था गरेबमोजिम हुने गरी ऐनमा व्यवस्था हुनुपर्ने, सदस्य–सचिव बोर्डको वरिष्ठतम् अधिकृतमध्येबाट मात्र हुनुपर्ने, हाल रहेका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय यथावत रहनुपर्ने माग गरिएको छ ।

सङ्गठनका अध्यक्ष प्रकाश अवाले, युनियनका अध्यक्ष राजु ओलिया र सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उक्त माग पूरा गराउन आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
माग पूरा नभए यही असोज ५ गतेदेखि ७ गतेसम्म बोर्डको केन्द्रीय कार्यालय र प्रदेश तथा शाखा कार्यालयमा विभिन्न विरोधका कार्यक्रम गर्ने जनाइएको छ ।

वि.सं.२०८० असोज १ सोमवार १६:३६ मा प्रकाशित

You can share this post!

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

वि.सं.२०८१ असार ७ शुक्रवार १७:५०

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को...

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४२

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

टेलिकमद्वारा माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा मोबाइल सेवा विस्तार

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३१

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

वि.सं.२०८१ असार ७ शुक्रवार १७:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल...

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

हिमालय ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति

वि.सं.२०८१ असार ७ शुक्रवार १४:५०

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालय ऊर्जा विकास कम्पनीलाई...

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने   

वि.सं.२०८१ असार ७ शुक्रवार १४:४१

दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित...