back
NMB Ad

मीड सोलु हाइड्रोपावरको आइपीओमा कति जनाले दिए आवेदन ?

Nepal Bank

काठमाडौं । मीड सोलु हाइड्रोपावरको आइपीओमा १ अर्ब १६ करोड ३० लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज असोज १ गते साँझसम्ममा १० लाख ३० हजार ७४२ जनाले १ करोड १६ लाख ३० हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १८.७२ गुणा बढी आवेदन हुन आउँछ ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।

यसमामा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

यो आईपीओ बन्द छिटोमा असोज १ गतेसम्म र ढिलोमा असोज ११ गतेसम्म हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

वि.सं.२०८० असोज १ सोमवार १७:२६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

अर्थतन्त्र सुधारका लागि सरकारको ठोस खाका, तीन वर्षभित्र संरचनात्मक परिवर्तनको लक्ष्य

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:१४

काठमाडौँ : अर्थतन्त्रको दीर्घकालीन स्थायित्व र पुनरुत्थानका लागि सरकारले 'आर्थिक...

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

बजेट तयारी तीव्र, अर्थ मन्त्रालय प्रवेशमा कडाइ

वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:०३

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम...

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १३:३४

अचुतकुमार ओझा काठमाडौँ : पुँजी बजारमा केही अदृश्य रहस्य रहेका...

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

सिटिजन्स बैंकको सहयोग: सुर्खेतको आवाज नेपाललाई दुई महिनाको सामग्री सहायता

वि.सं.२०८२ जेठ ९ शुक्रवार ११:४०

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४८

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए   

वि.सं.२०८२ जेठ ९ शुक्रवार १०:४२

बागमती : हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै...