back
NMB ad

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने   

Kumari bank ad

हेटौँडा, ६ असोज : बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले प्रदेशलाई कृषिमा आत्मनिर्भर योजनाअनुसार ११ वटा पकेट क्षेत्र बनाउने तयारी भइरहेको बताउनुभएको छ । बाग्मती प्रदेश युवा परिषदको आयोजनामा आज यहाँ सुरु भएको प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिमका क्रममा पकेट क्षेत्रमार्फत एक लाखलाई उत्पादनसँग जोडिने उहाँले बताउनुभयो ।

उहाँले प्रदेश सरकारले अब समुदायमा आधारित कृषिमा लगानी गर्ने योजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो । प्रदेश सरकारले बहुबर्षिय योजना बनाएर काठमाडौँ र भक्तपुर बाहेकका ११ वटा जिल्लामा उत्पादनका आधारमा पकेट क्षेत्र घोषणा गरेर लगानी गरिने बताउनुभयो ।

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सहयोग गर्ने बताउनुभयो । युवा स्वयंसेवकहरुले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको बताउदै उहाँले प्रदेश सरकारले उहाँहरुको कार्यको मूल्याङ्कन गर्ने भनाइ राख्नुभयो ।

वि.सं.२०८० असोज ५ शुक्रवार १३:५४ मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...