back
NMB ad

बिनाकारण सेयर बजारमा १२ करोडको सिमा लगाइयो, तत्काल हटाउ : एमाले अध्यक्ष ओली   

Kumari bank ad

काठमाडौँ, १६ असोज : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले   बिनाकारण सेयर बजारमा १२ करोडको सिमा लगाइएको भन्दै त्यसलाई तत्काल हटाउन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले सरकार अर्थतन्त्र धस्त बनाउन भष्मासुर भएर लागिरहेको आरोप लगाए । उनले अर्थतन्त्रको संकटलाई लिएर उद्योग व्यवसायी तथा लगानीकर्ता चरम निराशामा पनि पुगेको बताए ।

‘सरकार अर्थतन्त्रको संकटलाई ढाकछोप गर्न लागिपरेको छ,’ उनले भने, ‘आर्थिक वृद्धिदरको अवस्था हेर्दा दुई प्रतिशत पनि नपुग्ने अवस्था छ, राजस्व संकलनको अवस्था हेर्दा पनि त्यस्तै अवस्था छ ।’

उनले भने, ‘आयात निर्यात दुवै घटेको अवस्था छ, अहिले ऋण लिने अनि सरकार चलाउने मात्रै काम भएको छ ।’

सरकारप्रति उद्योगी व्यवसायीले विश्वास नै नगरेको अवस्था रहेको भन्दै उनीहरुलाई त्रसित बनाउने काम सरकारले गरिरहेको पनि बताए ।

ओलीले  देश र जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

“म सबै राजनीतिक दलका माननीय सदस्य ज्यू हरुलाई आग्रह गर्न चाहन्छु राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा एक हौँ”, एमाले अध्यक्ष ओलीले भन्नुभयो,“राष्ट्रका हितहरुलाई सर्वोपरी राख्दै विकासका प्रयासमा एकजुट होऔँ, सार्वभौमसत्ता,स्वाधीनता, भौगोलिका अखण्डतालाई कमजोर पार्ने कार्यन सामाजिक सद्भाव कायम राख्न सबै गम्भीर हुनुपर्छ ।”

मित्रराष्ट्र मुलुकहरुसँगको सम्बन्धलाई सुमधुर तुल्याई, कुटनीतिक सम्बन्धलाई बलियो र थप प्रगाढ तुल्याउन लागिपर्ने उल्लेख गर्दै उहाँले परराष्ट्र नीतिमा एक दृष्टिकोण बनाई नेपालको स्वाभिमान र गरिमा बढाउन सबै लाग्नुपर्ने खाँचो औंल्याए ।

एमाले अध्यक्ष ओलीले आम जनतामा राजनीतिक दल, प्रणाली, संविधानप्रतिको विश्वास अभिवृद्धि गर्दै अहिलेसम्मका राजनीतिक उपलब्धी संस्थागत गर्न र विकास निर्माणलाई प्रभावकारी बनाउन आग्रह गराए ।

विकास निर्माणका कामले गति लिन नसकेको, समयमै भुक्तानीन नहुँदा निर्माण कम्पनीलाई ऋण तिर्न कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकास र समृद्धिको यात्रामा सक्रियतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराए ।

अध्यक्ष ओदलीले एसिड आक्रमणकारीलाई रिहा गरिएको, कैदीबन्दीलाई आममाफी दिइएको र सुनकाण्डका आरोपीलाई छाडिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । उहाँले सुशासन सरकारको नियमित काम भएकाले यसलाई निरन्तरता दिएर शासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।

सुशासनको अभियानमा प्रतिपक्षले विरोध गरेको भनी आरोप लाग्नेगरेको उहाँले उल्लेख गर्नुभयो । एमाले अध्यक्ष ओलीले कोशी प्रदेश सभामा देखिएका गतिविधि संविधानको भावना अनुरुप नभएको जिकिर गर्नुभयो । कानुनी राज्य र विधिको शासन स्थापित गर्न सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रतिपक्षले उठाएका कतिपय विषयलाई मजाकको रुपमा लिने गरिएको गुनासो गर्दै संसदलाई प्रभावकारी बनाउन आग्रह गरे।

बजारमा महंगी बढेको, किसानले मल बिऊ नपाएकोलगायत जनसरोकारका विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । संसद बैठक लामो समय सञ्चालन नभएकोमा पनि अध्यक्ष ओलीले टिप्पणी उहाँले संसदलाई विजनेस दिएर प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले न्यायलयलाई स्वतन्त्र, मर्यादित र विश्वासयोग्य बनाइनुपर्ने खाँचो औंल्याए ।

वि.सं.२०८० असोज १६ मंगलवार १६:५७ मा प्रकाशित

You can share this post!

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

पिपुल्स पावरलाई हकप्रद निष्कासन गर्न स्वीकृती

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३७

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासनका लागि विद्युत नियमन...

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...