back
NMB ad

नेपाल वेयर हाउजिङ कम्पनीको आईपीओ निष्काशन मिति तोकियो

Kumari bank ad

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनीले आउँदो कात्तिक १० गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो । २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ ।

वैदेशिक रोजगारीमा रहेकाले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस (आइएस)’ रेटिङ दिएको छ ।

वि.सं.२०८० असोज १९ शुक्रवार १०:१२ मा प्रकाशित

You can share this post!

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...