काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३५.३७ अंकले घटेर १९२१ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ६ करोड ७३ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त नबील बैंकको ५ करोड ३४ लाख ४२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड ५५ लाख ३ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ४९ लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० असोज २१ आइतवार १५:११ मा प्रकाशित