back
NMB ad

आईपीओ निष्काशनका लागि यी ५ कम्पनीले दिए बोर्डमा निवेदन

Kumari bank ad

काठमाडौं । आईपीओ निष्कासन गर्न पाँच ओटा कम्पनीले बुधवार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।

जसअन्तरगत जगदम्बा स्टिल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले कुल ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्य र २०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

माविलुङ इनर्जि लिमिटेडले १८ लाख ९० हजार ५३० कित्ता सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ । यसैगरी, एम्बालिङ हाइड्रोपावरले २८ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

त्यसैगरी एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेडले २४ लाख कित्ता सेयर निष्कासन गर्ने छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

वि.सं.२०८० असोज २४ बुधवार १५:३६ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...