back
NMB ad

वडाबाटै मालपोतको राजस्व सङ्कलन गरिँदै   

Kumari bank ad

रामपुर (पाल्पा), २६ असोज : रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व सङ्कलन गर्ने भएको छ ।

मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व सङ्कलन गरिने नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“थोरै रकमका लागि मालपोतको राजस्व बुझाउन गाडी भाडा खर्चेर र धेरै समय लगाएर नगर कार्यापालिकाको कार्यालयमा आउनुपरेको छ”, उहाँ भन्नुहुन्छ, “अब नगरपालिकाबाट लिँदै आएको मालपोतको राजस्व सबै वडा कार्यालयबाट लिइनेछ ।”

रु एक सय पनि मालपोतको राजस्व बुझाउनु नपर्ने नगरको केन्द्रदेखि टाढाका वडाका नागरिक एक दिनको समय बिताएर गाडी भाडा खर्चेर नगरपालिका पुग्नुपर्ने काम वडाबाटै हुने भएपछि धेरै सजिलो हुने रामपुर–२ बस्ने सीता जिसी बताउनुहुन्छ । वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व सङ्कलन गरिरहेको वडा कार्यालयले अब मालपोतको राजस्व पनि सङ्कलन गर्ने भएको छ ।

वि.सं.२०८० असोज २६ शुक्रवार १२:५१ मा प्रकाशित

You can share this post!

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:५६

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृङ्खलाको...

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...