काठमाडौं । आज असोज ३० गते मंगलबार सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १३.१८ अंकले बढेर १८६४ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा एनआइबिएल प्रगती फण्डको सेयर मूल्य सर्वाधिकबढेको छ । कम्पनीको सेयर मूल्य ७.३५ प्रतिशतले बढेको छ ।
त्यसैगरी, श्वेत गंगा हाइड्रोपावरको ६.९१ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको ६.४८ प्रतिशत, मेगा म्युचुअल फण्डको ६.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० असोज ३० मंगलवार १५:०६ मा प्रकाशित