काठमाडौं । आज असोज ३० गते मंगलबार सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार १३.१८ अंकले बढेर १८६४ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी हाथवे इन्भेष्टमेन्ट लिमिटेडको कारोबार भएको छ । आज कम्पनीको ४ करोड ६२ लाख ६९ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा जिआइसी इन्स्योरेन्सको ४ करोड ३३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन एनआइसी एशिया बैंकको २ करोड ९८ लाख १४ हजार रुपैयाँ, नबील बैंकको २ करोड १७ लाख ६ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफको २ करोड १६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० असोज ३० मंगलवार १५:१३ मा प्रकाशित