काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार २१.४६ अंकले घटेर १८२६ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी नबील बैंकको प्रमोटर सेयरको कारोबार भएको छ । आज कम्पनीको ४ करोड ६० लाख ८० हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमइ बैंकको ३ करोड १७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन एनआएसी एशिया बैंकको ३ करोड ३ लाख ८० हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको २ करोड ८९ लाख ५९ हजार रुपैयाँ र नबील बैंकको २ करोड ८७ लाख ५२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८० कात्तिक १९ आइतवार १५:०४ मा प्रकाशित